Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • साढे ६९ किलो गाँजासहित तीन जना पक्राउ


    मंगलबार, पुष १३ २०७८
    680
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मकवानपुर । मकवानपुरबाट साढे ६९ किलो लागुऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

    हेटौडा उपमहानगरपालिका-१ पालुङ बसपार्कबाट तीन जनालाई लागुऔषध गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए। 

    गाँजा फेला परेपछि प्रहरीले कैलाश गाउँपालिका-५ कटहरे घर भई हाल हेटौडा-७ कमाने बस्ने ३४ वर्षीय अटो चालक सिताराम मोक्तान, ३३ वर्षीय अमरबहादुर गिरी र २६ वर्षीय इन्द्रबहादुर मोक्तानलाई पक्राउ गरेको हो। उनीहरूलाई प्रहरीले सोमबार पक्राउ गरेको हो। 

    विशेष सूचनाको आधारमा खटिएको टोलीले पालुङ बसपार्कमा ना १ ह ७६३८ नं. को अटोलाई चेकजाँज गरेको थियो। 
    त्यसक्रममा तरकारीको बोराभित्र लुकाएर ल्याएको १० वटा पोकामा ६९ किलो ५०० ग्राम गाँजा फेला परेको हो। 

    उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार