Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • लागु औषधसहित एक जना पक्राउ


    मंगलबार, पुष १३ २०७८
    635
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पर्सा। प्रहरीले वीरगञ्ज महानगरपालिका-१३ मुर्ली बस्ने १९ वर्षीय बिक्रम सर्राफलाई लागु औषधसहित पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो ।

    उनको साथबाट प्रहरीले लागु औषध नुफ्रिन ३५० एम्पुल, डाइजीपाम ३५० एम्पुल र फेनारगण ३५० एम्पुल गरी जम्मा १०५० एम्पुल बरामद गरेको छ ।

    पक्राउ परेका उनीमाथि लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार