Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको भाउ बढ्यो


    मंगलबार, पुष १३ २०७८
    630
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९३ हजार दुई सय रुपैयाँ कायम भएकोमा आज दुई सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको हो ।

    आज तेजाबी सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ । 

    मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २६० रुपैयाँ कायम भएको छ ।

    सोमबार चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा काराेबार भएको महसंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार