Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रहरी निरीक्षकले घुस लिएपछि…


    आइतबार, असार ७ २०७७
    915
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौंडा । भीमफेदी इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक रामबालक राय ठेकेदारसँग रु १२ हजार घुस लिएको अभियोगमा आज पक्राउ परेका छन् । उनलाई निलम्बनसमेत गरी थप अनुसन्धान समेत गरिएको वाग्मती प्रदेश प्रहरी प्रमुख वसन्तकुमार लामाले जानकारी दिए ।

    यसैबीच हेटौँडा–११ नवलपुरकी सुस्तःमनस्थितिकी एक युवतीलाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । गत जेठ २४ गते दिउँसो ३२ वर्षीया युवतीलाई घर नजीकैको मकैबारीमा लगी रु ५० को लोभ देखाएर बलात्कार गरेको आरोपमा ६० वर्षीय रामप्रसाद हुमागाईंलाई पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार