Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एसीसी यु–१९ क्रिकेट: कुवेतविरुद्ध सान्त्वता जितको खोजीमा नेपाल 


    मंगलबार, पुष १३ २०७८
    630
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। सुरुआती दुई खेलमा पराजित नेपाल एसीसी यु-१९ एसिया कप क्रिकेटको अन्तिम खेलमा आज मंगलबार कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ । यूएइको आईसीसी एकेडेमीमा हुने खेल बिहान सवा ११ बजे सुरु हुनेछ।

    सुरुआती दुई खेलमा हार बेहोरेको नेपाल कुवेतविरुद्ध पहिलो जितको खोजीमा छ । देव खनालको कप्तानीमा रहेको नेपाल सान्त्वना जित निकाल्ने दाउमा छ । 

    कुवेत समेत प्रतियोगितामा जित विहिन रहेको छ । कुवेत समेत सान्त्वना जित निकाल्ने दाउमा छ । 

    यसअघि नेपाल पहिलो खेलमा बंगलादेशसँग १५४ रनले पराजित भएको थियो भने दोस्रो खेलमा श्रीलंकासँग ६० रनले पराजित भएको थियो ।

    यस समूहबाट बंगलादेश र श्रीलंकाले सेमिफाइनलमा स्थान बनाइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार