Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बेलायतमा कोभिड संक्रमित बढेको बढ्यै 


    मंगलबार, पुष १३ २०७८
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । बेलायतमा ठूलो संख्यामा कोभिड संक्रमित भेटिएका छन् । पछिल्लो तथ्यांकमा एकै दिन १ लाख २२ हजार १ सय ८६ जना नयाँ संक्रमित भेटिएका हुन् । यो संख्या बेलायतमा कोभिड देखिएपछि अहिलेसम्मकै उच्च संख्या हो ।

    कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण बेलायतमा संक्रमितको संख्या दिनहुँ बढिरहेका छन् । बेलायतमा अहिलेसम्म कोभिडबाट १ लाख ४८ हजारको मृत्यु भइसकेको थियो । पछिल्लो एक सातामा मात्र बेलायतमा संक्रमण दर ४८ प्रतिशतले बढेको छ । अहिले समग्र युरोप कोभिडबाट प्रभावित छ ।

     बेलायतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबाट अहिलेसम्म १२ जनाको मृत्यु भएको छ ।

    विज्ञहरुले दैनिक संक्रमितहरुको संख्या अझै बढ्ने चेतावनी दिएका छन् । नोभेम्बरको अन्तिममा दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन अहिले विश्वका ९० भन्दाबढी देशहरुमा फैलिएको छ ।  नयाँ भेरियन्टमा यसअघिको डेल्टा भेरियन्टमाभन्दा कयौं गुणा संक्रमण क्षमता रहेको बताइन्छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार