Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एभीसी भलिबल: उपाधिका लागि उज्वेकिस्तानसँग भिड्दै नेपाल 


    मंगलबार, पुष १३ २०७८
    410
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। बंगलादेशको ढाकामा जारी एभीसी सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कपको उपाधिका लागि मंगलबार नेपाली राष्ट्रिय महिला भलिबल टोली र उज्वेकिस्तान भिड्दैछन् । 

    साविक विजेता नेपालले प्रतियोगितामा श्रीलंकासँग ३–२ को सेट खेले यता घरेलु टोली बंगलादेश, माल्दिभ्स, उज्वेकिस्तान र किर्गिस्तानलाई सोझो सेटमा हराउँदै फाइनलको यात्रा तय गरेको थियो । 

    पाँच खेलमा १४ अंकसहित नेपाल शीर्ष स्थानमा रह्यो । यस्तै उज्वेकिस्तान १२ अंकका साथ दोस्रो स्थानमा छ । 

    लिग चरणमा उज्वेकिस्तानसँग सोझो सेटमा जित निकालेको नेपाली टोली फाइनलमा सहज जित निकाल्दै फेरी स्वर्ण पदक जित्नेमा आशावादी छ । 

    ‘विपक्षी टोली कमजोर छैन । पहिलो खेलमा हामी घुलमिल भइसकेका थिएनौँ । श्रीलंकासँग दबाबमा खेल्यौ । पछि घुलमिल भएपछि हामी सबै टोलीलाई सोझो सेटमा हराउन सफल भयौं,’ कप्तान अरूणा भन्छिन् ।

     ‘फाइनलमा पनि सोही अनुसार प्रदर्शन गरेर राष्ट्रलाई फेरी एकपटक स्वर्ण पदक दिलाउनेमा हामी आशावादी छौं ।’

    सन् २०१९ मा बंगलादेशमा नै भएको पहिलो संस्करणमा नेपालको पहिलोपटक कप्तानी सम्हालेकी अरूणाले ऐतिहासिक स्वर्ण पदक दिलाएकी थिइन्। 

    समूह चरणमा बंगलादेश, अफगानिस्तान र किर्गिस्तानमाथि सोझो सेटमा जित निकालेको नेपालले फाइनलमा माल्दिभ्सलाई २५–१३, २५–१२, २५–८ ले पराजित गर्दै ऐतिहासिक स्वर्ण पदक जितेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार