Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एन्फाले बोलायो कार्यसमिति बैठक, राष्ट्रिय लिग सम्बन्धी छलफल हुने


    सोमबार, पुष १२ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमितिको बैठक बस्ने भएको छ । कार्यसमितिका सात सदस्यले बैठक राख्न माग गरेसँगै एन्फाको १५औं कार्यसमितिको बैठक पुस २२ गतेलाई बोलाइएको छ । 

    एन्फाका महासचिव इन्द्रमान तुलाधारले कार्यसमिततिका सबै सदस्यलाई सोमबार पत्राचार गर्दै २२ पुस (बिहीबार) लाई बैठक आह्वान गरेका हुन् ।

    १ पुसमा एन्फाका बरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङसहित उपाध्यक्ष वीर बहादुर खड्का, कृष्ण थापा र सदस्य किरण राई, दीनेश ब्यन्जनकार, निरोज खड्गी र दावा लामाले लामो समय एन्फाको  बैठक बस्न नसकेको र साधारणसभा जिल्ला लिग, राष्ट्रिय लिग सम्बन्धीत छलफल गर्न माग गर्दै बैठक माग गरेका थिए । 

    एन्फाको विधानअनुसार यसरी कार्यसमिति सदस्यहरूबाट माग भएको १५ दिनभित्र बैठक बोलाइसक्नु पर्ने प्रावधान छ ।  जस अन्तर्गत २२ गते एन्फा मुख्यालयमा साठे १२ बजे बैठक बोलाइएको हो । न्युज कारखाना 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार