Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अफगानी महिलाले ७२ किलोमिटर भन्दा पर यात्रा गर्दा पुरुष नातेदारसँगै चाहिने


    सोमबार, पुष १२ २०७८
    590
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। अफगानिस्तानमा मध्यम र लामो दूरीको यात्रा गर्न महिलाले अब एक्लै यात्रा गर्न नपाउने भएका छन् । 

    अफगानिस्तानमा कब्जा जमाएको तालिबानले अब यात्रा गर्नका लागि पुरुष नातेदारको उपस्थितिलाई अनिवार्य गरेको छ ।

    छोटो दूरीका यात्राका लागि भने यो नियम लागू हुने छैन । 

    तालिबानका अधिकारीहरुले लामो यात्राका क्रममा पुरुष नातेदार नभए उनीहरुलाई यात्रा सुविधा नहुने जनाएको हो । 

    तालिबानको ‘सदाचार फैलाउने र नराम्रो रोक्नेवाला’ मन्त्रालयले यसबारेमा जरुरी निर्देशन जारी गरेको हो । 

    मन्त्रालयका  प्रवक्ता सादिक अकिफ मुहाजिरले समाचार एजेन्सी एएफपीलाई बताए अनुसार अब ७२ किलोमिटर भन्दा टाँढा जाने महिलाले कुनै पुरुष नातेदा बिना यात्रा गर्न पाउने छैनन् । एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार