काठमाडौँ । तुलसीपुरमा भएको सवारी दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय सुनवलका अनुसार कार्यरत २७ वर्षीय प्रहरी जवान जितेन्द्र चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा आइतबार दिउँसो मृत्यु भएको छ।
चौधरी सवार लु ५८ प १८४३ नम्बरको मोटरसाइकललाई रा १ त ७५७ नम्बरको ट्र्याक्टरले तुलसीपुर उपमहानगरपालिका वडा नं. २ कुमलगडी भन्ने ठाउँमा मध्यान्ह १२ बजेतिर ठक्कर दिएको थियो। घाइते प्रहरी जवान चौधरीको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिए।
सिंहका अनुसार प्रहरी जवान चौधरी काम विषेशले तुलसीपुरबाट पश्चिमतर्फ जाँदै थिए ट्रयाक्टर विपरीत दिशाबाट आइरहेको थियो।
घटनापछि फरार भएका ट्रयाक्टर चाल ऋषिराज गिरीलाई केहीबेर अघि नियन्त्रणमा लिइएको डिएसपी सिंहले बताए। दुर्घटनाको कारण थाहा हुन नसकेको र अनुसन्धान हुने उनले जानकारी दिए।