Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • क्वारेन्टिनबाट घर फर्किएपछि एक युवकको मृत्यु


    आइतबार, असार ७ २०७७
    4.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत । सुर्खेतमा क्वारेन्टिनबाट फर्किएका एक जनाको मृत्यु भएको छ।भेरीगंगा नगरपालिका –५ भर्रेनीका एक युवकको आइतबार विहान मृत्यु भएको हो। छिन्चुमा रहेको शारदा माविमा रहेको क्वारेन्टिनमा १४ दिन बसेका उनी जेठ २९ गते घर फर्किएका थिए।

    क्वारेन्टिनमा आरडिटी (र्‍यापिड डाइग्नोष्टिक टेस्ट) गर्दा उनमा कोरोना एन्टीबडी नदेखिएपछि घर पठाइएको भेरीगंगा नगरपालिकाका उपमेयर रेणु ढकालले जानकारी दिइन्। उनलाई एक सातासम्म होम क्वारेन्टिनमा बस्न भनेर पठाइएको उनले बताइन्।

    उपमेयर ढकालका अनुसार उनी जेठ १६ गते भारतबाट फर्किएका थिए।पिसिआर परीक्षणका लागि मृतकको स्वाब संकलन गर्न स्वास्थ्यकर्मीको टोली वीरेन्द्रनगरबाट भेरीगंगातर्फ गएको नगर स्वास्थ्य इञ्चार्ज राजेश बुढाले जानकारी दिए। पिसिआर रिपोर्ट आएपछि उनको दाहसंस्कार गरिने बुढाले बताए।

    ‘स्वाब परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली आउँदैछ,’ बुढाले भने, ‘रिपोर्ट आएपछि दाहसंस्कार गर्ने कुरा हुन्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार