Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • चौतारा हाफ म्याराथन २४ पुसमा


    सोमबार, पुष १२ २०७८
    600
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सिन्धुपाल्चोकको चौतारमा पहिलो पटक चौतारा साँगाचोकगढी नगरपालिका मेयर कप खुला हाफ म्याराथन हुने भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा २४ पुसमा पाँच विधामा हाफ म्याराथन हुन लागेको हो । 

    प्रतियोगितामा पुरुष र महिला तथा ४० देखि ५५ बर्ष सम्मको भेट्रान्स पुरुष, महिला  र ५५ बर्षमाथिका ‘सुपर भेट्रान्स’ हुनेछ ।  आयोजकले पत्रकार सम्मेलनमार्फत भेट्रान्सतर्फको सबै इभेन्ट १५ किलोमिटरमा हुने बताएका छ । 

    हाफ म्याराथनको महिला तथा पुरुष विजेताले ४४ हजार चार सय ४४ तथा उपविजेता पुरुष तथा महिलाले समान २२ हजार दुई सय २२ पाउने छन् । प्रतियोगिता साँगाचोकगढीबाट सुरु भइ उल्केनी, इर्खु, मेलचौर, चौतार हुँदै टुडिखेल पुगेर टुंगिनेछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार