Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • कांग्रेस प्रदेश २ अधिवेशन परिणाम: देउवा समूहको वर्चश्व


    सोमबार, पुष १२ २०७८
    785
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जनकपुरधाम । नेपाली कांग्रेसको प्रदेश २ मा सभापति शेरबहादुर देउवा समूह वर्चश्व रहेको छ । नौ दाधिकारीसहित ६७ जना प्रदेश कार्यसमितिको लागि भएको निर्वाचन परिणाम देउवा पक्षमा देखिएको छ । देउवा समूहकबाहेक दुई जना मात्र विमलेन्द्र निधि र शेखर कोइराला समूहबाट सदस्यमा निर्वाचित भएका छन् । 

    निधि–कोइराला समूहका खुला सदस्यमा जीवना चौधरी र महिला खुलातर्फ रेखा यादव निर्वाचित भएका छन् । त्यसबाहेक सबै पदमा देउवा समुहकै निर्वाचित भएको निर्वाचन समितिका एक पदाधिकारीले बताए । यद्यपि मतगाणा सम्पन्न भए पनि अहिलेसम्म निर्वाचन समितिले विजेताहरुको नाम औपचारिक रूपमा सार्वजनिक गरेको छैन ।  

    प्रदेश समितिका नौ जना पदाधिकारीमा सबै देउवा समूहले निर्वाचित भएका छन्  । त्यसैगरी, खुला सदस्यमा १४ जनामा एक जना मात्र जीवननाथ चौधरी निधि कोइराला समूहका जितेका छन् भने बाँकी सबै सदस्य देउवा समुहकै रहेको बताइएको छ । 

    त्यसैगरी, महिला खुलातर्फ निधि–कोइराला समुहकी रेखा यादव निर्वाचित भएकी छिन्  । विभिन्न कलस्टरहरूमा पनि देउवा समूहबाट उम्मेदवारी दिएकाहरू निर्वाचित भएका छन्  । यसरी ६७ जना कार्यसमितिमा ६५ जना देउवा समूहकै रहेको छ ।  
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार