Nepal Face
  • आइतबार, १० साउन २०८३
  • न्यानो कपडा लिएर गाउँपालिका उपाध्यक्ष गाउँगाउँमा


    सोमबार, पुष १२ २०७८
    665
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जाजरकोट । बारेकोट गाउँपालिकाकी उपाध्यक्ष ओमा शाही चिसाे माैसममा न्यानाे कपडा वितरण गर्न गाउँगाउँ पुगेकी छन् ।

    आर्थिक रूपमा पछि परेका एकल तथा जेष्ठ महिलालाई उपाध्यक्ष शाहीले गाउँगाउँ पुगेर न्यानो कपडा वितरण गरेकी हुन् ।जिल्लाको सबैभन्दा चिसो र हिमाली क्षेत्र नजिक पर्ने बारेकोट गाउँपालिकाकी उपाध्यक्ष शाहीले एकल महिलाका न्यानाे बनाउन कपडा वितरण गर्न थालेपछि यहाँका महिलाहरू खुसी भएका छन् ।

    ‘श्रीमान् नभएर के भयो त ? हामी महिलाले महिलाका लागि धेरै काम गर्नुपर्ने छ । जसले पीडा भोगेको छ उसले नै सबै कुरा थाहा पाउने गर्छ । हामी महिला कमजाेर होइन, संसार हाँक्न सक्छौँ भन्ने र स्थानीय सरकार भएको अनुभूति गराउन मैले यो अभियान चलाएको हो,’ उनले भनिन् ।

    गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले गाउँपालिकाका ६० सय महिलालाई न्यानो कपडा दिने याेजना बनाएकाेमा अहिले संख्या बढेर आठ सय जति पुगेको बताए  । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार