Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नागरिकको सहयोग बिना प्रहरी एक्लै सफल हुँदैन: डिएसपी चन्द


    सोमबार, पुष १२ २०७८
    690
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जुम्ला । हालै सरुवा भएर जुम्ला आएका  प्रहरी नायव उपरीक्षक (डिएसपी) नरेन्द्र चन्दले नागरिकको सहयोग बिना प्रहरी एक्लै सफल नहुने बताएका छन् ।

    सञ्चारकर्मीसँगकाे अन्तर्क्रियामा डिएसपी चन्दले ‘नागरिक पनि बिना बर्दीका प्रहरी’भएकाले आवश्यक समन्वय र सहकार्यकै माध्यमबाट शान्ति सुरक्षा कायम गर्न सकिने बताएका हुन् ।

    जिल्लाका २८ वटै प्रहरी युनिटकाे निरीक्षण गरेका उनले रणनीतिक कार्ययोजनाका साथ अघि बढिरहेकोे बताए ।

    डिएसपी चन्दले सामाजिक हिंसाविरुद्धमा सचेताना कार्यक्रम नै थालेका छन् । ‘सभ्य समाज निमार्णका लागि सबै  एक जुट हुनुपर्छ । विद्यालयमा साइबर क्राइमसम्बन्धी सचेतना कार्यक्रम पनि भइरहेकाे छ,’ उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार