Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वराज्यमन्त्री गुरुङले मनाङको गौरीशंकर विद्यालयलाई ६ लाख दिने


    सोमबार, पुष १२ २०७८
    585
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • लमजुङ । पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङले मनाङको तिमाङस्थित गौरीशंकर आधारभुत विद्यालयका लागि ६ लाख रुपैया सहयोग गर्ने भएका छन् ।

    विद्यालयको आवासिय व्यवस्थापनका निम्ति पूर्वराज्यमन्त्री गुरुङले व्यक्तिगत रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । इजरायली राजदूत हनान गोदारसँगै मनाङ भ्रमणका क्रममा तिमाङ पुगेका पूर्वमन्त्री गुरुङले विद्यालयको सुधारका लागि स्थानीयको सक्रियतामा साथ दिँदै आवासिय विद्यार्थीको खाद्यान्न व्यवस्थापनका लागि रकम सहयोग गर्ने पूर्वमन्त्री गुरुङका स्वकीय सचिव सोनाम लामाले बताए । 

    गत असारमा मनाङमा आएको बाढीपहिरोले जिल्लाका विभिन्न भागमा परेको असर र भविष्यमा पर्नसक्ने असरलाई मध्येनजर गर्दै जिल्लाको शैक्षिक क्रियाकलापमा त्यसको प्रभाव पर्न नदिन पूर्वमन्त्री गुरुङले तिमाङको विद्यालयमा सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । 

    विद्यालयको शैक्षिक गुणस्तर बृद्धि र आवासिय व्यवस्थापनलाई थप व्यवस्थित गर्न तिमाङका स्थानीयलागि परेका छन् । विद्यालयको संरचना विकास र शैक्षिक गुणस्तर बृद्धिका लागि स्थानिय थान्चोक समाजले ३१ रोपनी जग्गासमेत विद्यालयका निम्ति उपलब्ध गराएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार