Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गुणस्तर विभागका महानिर्देशक पुडासैनीको सरुवा, दिनानाथ मिश्रलाई निमित्तको जिम्मेवारी


    सोमबार, पुष १२ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागको महानिर्देशक विश्वबाबु पुडासैनीको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, बागमती प्रदेशमा सरुवा भएको छ । झन्डै ७ बर्ष विभागको महानिर्देशक भएका उनी शुक्रबार सरुवा भएका छन् ।  दुई वर्ष उपमहानिर्देशक र सात वर्ष महानिर्देशकको रुपमा पुडासैनीले विभागमा बिताएका थिए ।

    पुडासैनीको सरुवापछि विभागको निमित्त महानिर्देशकको जिम्मेवारी दिनानाथ मिश्रलाई दिइएको छ । उनी विभागकै उपमहानिर्देशक हुन् ।   
    पुडासैनीले बागमती प्रदेशमा सरुवा भएपछि सामाजिक संजालमा विभागमा कार्यरत रहँदा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । तत्कालीन महानिर्देशक रामआधार साहले विभागबाट जथाभावी गुणस्तर चिाह्न दिनेदेखि पेट्रोल पम्पमा तौलमा ठगी गर्ने कार्यमा सहयोग गरेको भेटिएपछि उनलाई निलम्बन गरी पुडासैनीलाई जिम्मेवारी दिइएको थियो ।

    पुडासैनीमाथि गुणस्तर चिह्न बितरणमा पनि अपारदर्शीता अपनाएको आरोप छ । पुडासैनीले रामआधारले जस्तो अनुगमनका क्रममा गुणस्तरहीन सिमेन्ट उद्योग उत्पादन गर्ने उद्योगसँग घुस लिंदै उन्मुक्ति दिने काम त गरेनन्, तर उनले नेपालमा उत्पादन तथा बिक्री हुने सिमेन्टमा लेमिनेटेड बोरा प्रयोग गर्नुपर्ने ९ वर्षअघिको विवाद सल्टाउन नसकी सरुवा भएका छन् । उनी झन्डै सात बर्ष महानिर्देशक भए पनि सिमेन्टमा अनिवार्य लेमिनेटेड बोरा प्रयोग गर्नुपर्ने ब्यवस्था लागू नगरी विभागको महनिर्देशकबाट बिदा भएका छन् ।

    सर्वोच्च अदालतको फैसला र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनअनुसार सिमेन्टमा लेमिनेटेड बोरा प्रयोग गर्नुपर्ने व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउने कुरामा उनी गम्भीर रुपमा नलागेको आरोप लाग्दैआएकोछ । उद्योग विभागले २ बर्षअघि नै नेपालमा उत्पादन तथा बिक्री–बितरण हुने सबैखाले सिमेन्ट अनिवार्य रूपमा लेमिनेटेड बोरा प्रयोग गर्न सूचनासमेत जारी गरिसकेको थियो ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार