Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कर्णालीमा आजै थपिए ११ जना कोरोना संक्रमित, १४ निको भएर फर्किए


    आइतबार, असार ७ २०७७
    800
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सुर्खेत । कोरोना संक्रमितको संख्या थपिने क्रम जारी छ । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सुर्खेतको प्रदेश अस्पताल, अन्वेषण केन्द्र र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगाशाला परीक्षणबाट आइतबार ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    आज थपिएका संक्रमितमध्ये सल्यानका ६, दैलेखका र सुर्खेतका २–२ जना र रुकुम पश्चिमका १ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले पुष्टी गरेको छ । यससँगै कर्णालीमा संक्रमितको संख्या १ हजार २ सय ५६ पुगेको छ ।

    कर्णालीमा आइतबार नै १४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । प्रदेश अस्पताल सुर्खेतको आसोलेसनबाट ३ जना, सल्यान बहुमुखी क्याम्पसको आइसोलेनबाट ३ जना, दैलेख नौमुलेको आसोलेसनबाट ७ जना र जाजरकोट अस्पतालको आसोलेसनबाट एकजना गरी १४ जना डिस्चार्ज भएका हुन् ।

    योसँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या ५३१ पुगेको छ । हालसम्म कर्णालीमा ४ जनाको मृत्यु भइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार