Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इंग्लिस प्रिमियर लिग: नौ गोल भएको खेलमा सिटीले लेस्टरलाई हरायो 


    सोमबार, पुष १२ २०७८
    790
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । म्यानचेष्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीविरुद्ध आधा दर्जन गोल गर्दै शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ ।  

    घरेलु मैदानमा इतिहादमा भएको खेलमा लेस्टरलाई ६-३ ले पराजित गरेकाे हाे । सिटीले पहिलो हाफमा पकड बनाउँदै ४ गोल गर्‍याे । दोस्रो हाफमा ५ गोल भए । सिटीले दुई गोल गर्दा लेस्टरले ३ गोल गर्‍याे । 

    सिटीको लागि रहिम स्टर्लिङले दुई गोल गरे । यस्तै केभिन डि ब्रुयन, रियाद महरेज, इल्काय गुन्डोगान र अमेरिक लोपार्टले १-१ गोल गरे । लेस्टरका लागि जेम्स माडिसन, एडेमोला लुकम्यान र केलेची इहेअनाचोले १-१ गोल गरे । 

    जितसँगै सिटीले शीर्ष स्थानमा  ६ अंकको अग्रता बनाएको  छ । सिटीको १९ खेलबाट ४७ अंक छ । एक खेल कम खेलेको लिभरपुलको १८ खेलबाट ४१ अंक छ । १९ खेल खेलेको चेल्सी ४१ अंक सहित तेस्रो स्थानमा छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार