Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ठूलो परिणामको लागुऔषधसहित ४ जना पक्राउ


    आइतबार, पुष ११ २०७८
    755
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • सप्तरी।सप्तरी प्रहरीले ठूलो परिमाणमा लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीमा आइतबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । 

    राजबिराजबाट काठमाडौंको लाने तयारी गरेको अवस्थमा राखिएको बसको डिकीबाट लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।  

    गोप्य सूचानाको आधारमा लागुऔषध बरामद र संलग्न चार जनालाई पक्राउ गर्न सफल भएको र जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी अविनारायण काफ्लले जानकारी दिए । 

    टोलिले राजबिराज नगरपालिका वडा नम्बर २ स्थित गुलाब ग्यारेज अगाडि बस पार्किङ गरी राखेको अवस्थामा चेक जाँच गर्दा उक्त परिणामको लागुऔषध बरामद भएको काफ्लले बताए । 

    बसको डिकिमा बोराभित्र लागुऔषध भेटिएपछि दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्वर ८ बस्ने ३६ वर्षीय सञ्जय भुजेल र बोदेबरसाईन नगरपालिका वडा नम्बर ५ जाँजर बस्ने २१ वर्षीय अब्दुल रहेका प्रहरीले जनाएको छ ।

    प्रहरीले एउटा बसबाट नाईटभेट १० लेखिएको ७० पत्ता, २ हजार १ सय ट्यावलेट, एसपीएम पाइरोक्सभेन क्यापसु्ल २ सय ८८ थान र डाइलेक्स डीसी १०० एमेल ३ सय ९९ थान बोतल लागुऔषध बरामद गरेको छ ।

    पक्राउ परेका दुई जनालाई लागुऔषध सम्बन्धि कसुरमा जिल्ला अदालत सप्तरीबाट म्याद थप गरी अनुसन्धान भइरहेको एसपी काफ्लले जानकारी दिए ।

    यस्तै प्रहरीले सप्तरीबाटै खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरिएको छ ।

    पक्राउ पर्नेहरुमा सिरहाको लम्मीपुरपताईर गाउँपालिका वडा नम्बर ३ बस्ने २८ वर्षीय प्रमानन्द साह र सिरहाकै धनगढीमाई नगरपालिका वडा नम्बर ११ बस्ने २८ वर्षीय दिपेन्द्र कुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

    उनीहरुलाई प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर १ स्थित पूर्व–पश्चि लोकमार्ग स्थित कंकालिनी मन्दिर अगाडी चेक जाँच गर्ने क्रममा मोटरसाईकलमा सवार रहेको दुबै जनाको साथबाट ब्राउन सुगर ८ ग्राम ५ सय५० मिलि ग्राम लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

    जिल्ला अदालत सप्तरीबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार