खोटाङ । नेकपा एमालेका प्रमुख सचेतक एवं पोलिटव्यूरो सदस्य विशाल भट्टराईले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा एमाले नरहेको बताएका छन् । नेकपा एमाले खोटाङको अधिवेशनको सन्दर्भमा आइतबार दिक्तेलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रमुख सचेतक एवं पोलिटव्यूरो सदस्य भट्टराईले एमसीसीको अनुचित पक्षलाई एमालेले सहर्ष स्वीकार गर्न नसक्ने स्पष्ट पारेका हुन् ।
भट्टराईले नेपाली जनताको आत्मनिर्णयको अधिकारलाई सम्मान गर्ने खालका बुँदाहरू राखिएका कुनै पनि सम्झौताका लागि एमाले तयार रहेको स्पष्ट पारेका छन् । उनले सम्मानमा आधारित एमसीसी भने पास गर्न सकिने बताएका छन् । ‘यसका केही प्रावधान नेपाली जनताको आत्मनिर्णयको अधिकार, नेपालको सार्वभौमसत्ता र नेपालको भौगोलिक अखण्डतामा केही आँच आउने प्रकारका केही अस्पष्टताहरू छन् । यद्यपि हामीले अनुदान नलिने भनेको होइन, हामीलाई पुग्यो पनि भनेको होइन । हामी अनुदान लिने पक्षमा छौं ।’
प्रमुख सचेतक भट्टराईले एमसीसीलाई अनुमोदन गर्ने नाममा एमालेलाई एमसीसीको हरियो घाँस देखाएर सरकारमा आउनका लागि प्रस्ताव आइरहेको उल्लेख गरे । ‘एमालेलाई एमसीसीको हरियो घाँस देखाएर त्यसलाई अनुमोदन गर्ने नाममा अव फेरी सरकारमा आइदिन पर्यो, हामीलाई सघाउनुपर्यो भन्ने प्रस्ताव नआएको होइन,’ उनले भने, ‘तर एमाले एमसीसी पास गर्ने सर्तमा अहिले कुनै गठबन्धनमा जाने, कुनै सरकारमा जाने वा अर्को गठबन्धन तयार गर्ने कुनै मनसायमा नरहेको कुरा स्पष्ट पार्न चाहन्छु । यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा एमाले बिलकुलै छैन ।’
प्रमुख सचेतक एवं पोलिटव्यूरो सदस्य भट्टराईले सभामुखले एमालेलाई विभाजन गर्नका लागि मतियारको भूमिका खेलेको आरोप लगाएका छन् ।
यस्तै, एमालेका केन्द्रीय सदस्य उषाकला राईले एमालेको नेतृत्वमा मात्र देशमा संवृद्धिको सपना पुरा हुने बताएकी छन् । केन्द्रीय सदस्य राईले विदेशी सक्तीसँग आँखामा आँखा जुधाएर सामना गर्न सक्ने नेता ओली मात्र भएको उल्लेख गरिन् । उनले माधव नेपाल दक्षिणपन्थी भासमा परेको टिप्पणी गरिन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend