Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कतारबाट पहिलो चरणमा १ सय ४९ नेपाली फर्किए


    आइतबार, असार ७ २०७७
    870
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना संक्रमणका कारण कतारबाट पहिलो चरणमा आइतबार १ सय ४९ जना नेपालीहरू स्वदेश फर्किएका छन् । ३ जना बच्चा सहित आइतबार विहान नेपाल एयरलान्सको २३९२ को उडानबाट स्वदेश फर्किएका मध्य २९ जना सुत्केरी तथा गर्भवती सहित ८२ जना महिला, ६४ जना पुरुष र ३ जना नाबालक रहेको नेपाली राजदूतावासका द्धितीय सचिव प्रवीण भट्टराइले जानकारी दिएका छन् ।

    काठमाडौं आउन लागेका नेपालीहरुलाई विदाई गर्ने क्रममा कतारस्थित नेपाली राजदूत डा.नारद भारद्वाज वाग्ले सहित दूतावासका कर्मचारीहरु उपस्थिति थिए ।

    हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालीलाई विदाई गर्न पुगेका एनआरएनए मध्यपूर्व संयोजक प्रवीण गुरुङले पहिलो चरणको यो उद्धारले आफू निकै हर्षित रहेको वताए । एनआरएनए मध्यपूर्व संयोजक गुरुङले भने , ‘मध्यपूर्वमा पीडामा परेका र प्राथमिकतामा परेकाहरुलाई स्वदेश फर्काईदै छ र कतारले आज शुरुवात गरेको छ । यसलाई तिब्रता दिनुपर्छ । आज फर्किनेहरू सबै चर्को मूल्य तिरेर स्वदेश फर्किएका छन् । अब टिकट नै काट्न नसक्नेलाई सरकारले टिकटको व्यवस्था सहित तत्काल उद्धार गर्नुपर्छ ।।’

    गुरुङले आफ्नो जिम्मेवारी पुरै मध्यपूर्व नै भएको हुँदा पीडाको चरम मारमा परेर मृत्यूवरण नै गर्नु पर्ने स्थितिमा पुगेकाहरुलाई सरकारले तत्काल कदम चाल्नुपर्ने वताए ।

    आज १ सय ४९ जनालाई बिदाइ गर्न बोर्डिङ पास काउन्टरसम्म पुगेर भाषा ट्रान्सलेटदेखि लगेज मिलाउनेसम्म काममा गुरुङ सक्रिय देखिन्थे । यदि हजारौंको संख्यामा रहेका नेपालीलाई स्वदेश फर्काउन सके त्यसले थप खुशी र हौसला हुने पनि उनले उल्लेख गरे ।

    स्वदेश फर्किएको प्रति खुसि व्यक्त गर्दै एयरपोर्ट पुगेका अर्का सामाजिक अभियन्ता एवं मध्यपूर्व यूवा संयोजक राज रेग्मीले यो उद्धार नभई स्वदेश फर्कन चाहानेहरु प्रर्ती गरेको सहजीकरण मात्र रहेको उल्लेख गरे ।

    बिदाईका लागि एयरपोर्ट पुगेका अर्का सामाजिक अभियन्ता एवं आईसीसी सदस्य रमेश भट्टले समेत हजारौंको संख्यामा रहेका पीडितलाई तत्काल स्वदेश फिर्ता गराउन पर्याप्त उडान हुनु पर्ने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार