Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुरक्षा समितिको बैठक, राष्ट्रियसभा निर्वाचनका बारेमा छलफल


    आइतबार, पुष ११ २०७८
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकमा राष्ट्रिय सभा निर्वाचनमा सुरक्षा प्रवन्धबारे छलफल भएको जानकारी गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डेले जानकारी दिएका छन् ।

    ‘राष्ट्रिय सभा निर्वाचनमा सुरक्षाको प्रवन्ध कसरी गर्ने भन्ने विषयमा सुरक्षा समिति बैठकमा छलफल भयो’– गृह सचिव पाण्डेले भने । बैठक निर्वाचनको सुरक्षा विषयमा केन्द्रित थियो ।  आगामी माघ १२ गते राष्ट्रिय सभाका १९ सदस्य छान्न निर्वाचन हुँदैछ । 

    गृहमन्त्री खाणको अध्यक्षतामा बसेको बैठकमा गृहसचिव पाण्डे, रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्याल, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी, गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख सहसचिव मुकुन्द निरौला, गृह मन्त्रालयका प्रवक्ता प्रदीप कोइरालालगायतको सहभागिता थियो । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार