Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी महाधिवेशन: वैद्य, बाबुराम, बादल, विप्लव नहुँदा खल्लो


    आइतबार, पुष ११ २०७८
    505
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको छ । उदघाटनको अघिल्लो दिनसम्म माओवादीले प्रथम राष्ट्रिय सम्मेलन भन्दै आएको थियो । तर, पछि एकाएक उसले महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेको थियो ।

    महाधिवेशनमा माओवादीको पहिचान बोकेका नेताहरू देखिएनन् । ०५२ सालमा माओवादी आन्दोलन सुरु हुँदा पुष्पकमल दाहाल प्रचण्डलाई मोहन वैद्य किरण, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लव, रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट, सीपी गजुरेललगायतका साथ दिएका थिए । आज यी सबै नेता माओवादी केन्द्रबाट बाहिरिइसकेका छन् ।

    माओवादी केन्द्रमा अध्यक्ष पदबाहेक कोही पनि स्थिर छैनन् । सबै कुनै न कुनै कारण कारबाहीमा परेका छन् । आठौं महाधिवेशनमा सहभागी हुन आएका माओवादी प्रतिनिधिहरूले १० वर्षसम्म सशस्त्र विद्रोहको नेतृत्व गरेका नेताहरू नै नदेखेपछि खल्लो महसुस गरेका छन् ।

    मोहन वैद्य अहिले पनि माओवादी नाम गरेको अलग्गै पार्टीमा छन् । बाबुरामले चारवटा पार्टी चाहरिसके । बादल, लेखराजहरू अहिले एमालेमा छन् । विप्लव नेकपा नामक पार्टीको महासचिव छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार