Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिपी गजुरेलले गरे माओवादी केन्द्रसँग पार्टी एकताको प्रस्ताव


    आइतबार, पुष ११ २०७८
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा क्रान्तिकारी माओवादी नेता सिपी गजुरेलले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको प्रस्ताव गरेका छन् । 

    माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले पार्टी एकताका लागि माओवादी सशस्त्र विद्रोहले तय गरेका एजेन्डा स्थापित गराउनेदेखि एमसीसी खारेज गर्ने निर्णय गर्न माग गरेका छन् । 

    ‘माओवादी जनक्रान्तिले तय गरेका एजेन्डा कार्यान्वयन गर्ने, राष्ट्रघाती एमसीसी खारेज गर्ने निर्णय गर्नुहोस्,’ उनले भने, ‘यी निर्णय भयो भने माओवादी एकताका लागि छलफल गर्ने बाटो खुल्नेछ ।’

    अन्तमा माओवादीको महाधिवेशन सफलताको शुभकामना दिँदै उनले पार्टी एकतामा जोड दिए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार