Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी महाधिवेशनमा बोल्दै सिपी मैनालीले भने- हाम्रो आन्दोलन प्रयोगशालामा सीमित नहुन्


    आइतबार, पुष ११ २०७८
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा मालेका महासचिव सिपी मैनालीले विभिन्न चरणमा भएको राजनीतिक आन्दोलन प्रयोगशालामा सीमित हुन नहुने बताएका छन् । 

    माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले जनताले व्यवस्था फेरियो, अवस्था फेरिएन भन्ने गरेको भन्दै राजनीतिक आन्दोलनलाई प्रयोगशालामा सीमित गर्न नहुने बताएका हुन् । 

    आफ्नो सम्बोधनका अधिकांश समय माओवादीप्रति जनताले निकै प्रश्न उठाएको र यसको नेतृत्वले  जवाफ दिनुपर्ने बताएका उनले घुमाउरो शैलीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनका क्रममा जनतामाझ गरिएको वाचा पूरा नहुनुको जवाफ दिनुपर्ने बताए।  

    महाधिवेशनमा अन्य दलका प्रतिनिधिले बाेल्नेक्रम जारी छ । महाधिवेशन १५ पुससम्म चल्ने माओवादीले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार