Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादी महाधिवेशन: राप्रपा महामन्त्री कुन्ती शाही बोल्दा सबै हाँसे


    आइतबार, पुष ११ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं अधिवेशनको उद्घाटन सत्र चलिरहेको छ । काठमाडौंको प्रज्ञा भवनमा चलिरहेको महाधिवेशनलाई शुभकामना दिने पहिलो वक्ता बनिन् राप्रपा महामन्त्री कुन्ती शाही । 

    उनले सम्बोधन गर्ने क्रममा सहभागीहरू हाँसे । कारण थियो, अतिथिको नाम र पद सही उच्चारण गर्न नसक्नु ।

    सुरुमा उनले कांग्रेस सभापति भन्नुपर्नेमा अध्यक्ष भनिन् । त्यसपछि नेकपा एमाले भन्नुपर्नेमा नेकपा भनिन् । एमाले महासचिव शंकर पोखरेल भन्नुपर्नेमा उनले नेकपा महासचिव ईश्वर पोखरेल भनेपछि सहभागी हाँसेका हुन् ।  

    शाहीले माओवादी केन्द्रकाे महाधिवेशनकाे सफलताकाे शुभकामनासमेत दिइन् । महाधिवेशनले महिलाकाे अधिकार ल्याउन सफल हाेस् भनेकी  थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार