Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी महाधिवेशनमा एमाले महासचिव शंकर पोखरेल सहभागी


    आइतबार, पुष ११ २०७८
    560
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं अधिवेशनमा सहभागी हुन एमाले महासचिव शंकर पोखरेल प्रज्ञा भवन पुगेका छन् । 

    काठमाडौंको प्रज्ञा भवनमा आइतबारको उद्घाटन सत्रमा महाधिवेशनको सफलताको शुभकामना दिन उनी सहभागी भएका हुन् । 

    सो कार्यक्रममा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राप्रपा महामन्त्री कुन्ती शाही, नेकपा क्रान्तिकारी माओवादीका सिपी गजुरेललगायतका नेताहरू महाधिवेशनस्थल प्रज्ञा भवनमा छन् । 

    आइतबारबाट सुरु भएको महाधिवेशन बिहीबारसम्म चल्ने माओवादीले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार