Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • दुवईबाट १५१ जना नेपाल फर्किए


    आइतबार, असार ७ २०७७
    800
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । युएईबाट आज (आईतबार) १५१ जना नेपाली स्वदेश फर्किदै छन् । हिमालय एयरलाइन्सको उडानमार्फत आबुधावीबाट १ सय ५१ जना नेपाली स्वदेश फर्किएका हुन् ।

    आइतबार बिहान युएईको समयअनुसार ४ः२५ बजे उनीहरु नेपालका लागि प्रस्थान गरेका हुन् । एच–९ ५६७२ नम्बरको उक्त विमानमा २ जना बच्चा सहित २६ जना महिला र १ सय २३ जना पुरुषहरु छन् ।

    तर, नेपाल आउनका लागि विमानस्थल पुगेका तीन जना नेपाली भने आउन पाएनन् । उनीहरुको आरडीटी टेस्ट गर्दा एन्टीबडी पोजेटिभ देखिपछि उनीहरु आउन नपाएका हुन् ।

    नेपाल फर्किनेहरुमा जेष्ठ नागरिक, महिला, आफन्त गुमाएका परिवारका सदस्य र भिजिट भिसामा आएर समस्यामा परेकाहरु रहेको दूतावासले जनाएको छ ।

    युएईबाट नेपालमा आज ३ वटा उडान हुँदैछन् । हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्स र फ्लाइ दुवईले काठमाडौंमा उडान भर्न लागेका हुन् ।

    यहि तालिका अनुसार आजै नेपाल एयरलाइन्सको दोस्रो उडान हुनेछ । स्थानीय समय अनुसार बिहान ११ः १० मा नेपाल एयरलाइन्सको वाइड बडी मार्फत उडान हुनेछ भने फ्लाई दुवईको उडान ८ बजे हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार