Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यु-१९ एसिया कप: नेपाल टस हारेर फिल्डिङमा


    आइतबार, पुष ११ २०७८
    530
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । एसीसी यु-१९ एसिया कप क्रिकेटमा बलियो श्रीलंकाविरुद्ध आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर फिल्डिङ गर्दै छ । 

    यूएईको सारजाहमा श्रीलंकाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो । 

    नेपाल पहिलो खेलमा बंगलादेशसँग १५४ रनले पराजित भएको थियो । दोस्रो खेलमा जित्नै पर्ने दबाबमा रहेको नेपाल यदि हारले भने एक खेलअघि नै समूह चरणबाट बाहिरिनेछ । 

    यता, श्रीलंका भने दोस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा कुवेतलाई २७४ रनले पराजित गरेको थियो । 

    नेपाल र श्रीलंकाबीच सन् २००८ यता ५ पटक भिडन्त हुँदा पाँचै खेल श्रीलंकाको पक्षमा गएको छ । 

    नेपाली टिम
    देव खनाल (कप्तान), अरुज साउद (विकेट किपर), बसन्त कार्की, बसिर अहमद, विवेककुमार यादव, गुल्शनकुमार झा, शेर मल्ल, तिलक राजभण्डारी, मोहमद आदिल अलाम, सन्तोष कार्की, विवेक मगर 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार