Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पहिरोले आंशिक रुपमा थुनियो अरुण


    आइतबार, असार ७ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • संखुवासभा । आज संखुवासभामा गएको पहिरोले अरूण नदी आंशिक रूपमा थुनिएको छ।आइतबार बिहान करिब ९ः३० बजे मकालु गाउँपालिका वडा नम्बर २ र ५ को सीमाना कासुवा खोला दोभान क्षेत्रमा पहिरो खसेको हो।

    जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक नवराज मल्लले दिएको जानकारीअनुसार ढिस्को खसेर अरूण नदी आंशिक रूपमा थुनिएको छ।

    ‘माटोको ढिस्को खसेर अरूण नदी आंशिक थुनिएको छ। मानवीय क्षति छैन,’ उनले भने। उनकाअनुसार जोखिममा रहेका दुई परिवारलाई सुरक्षित स्थानतर्फ लगिएको छ।

    ‘जोखिममा रहेका घरमा क्षति पुगेको छैन। तैपनि ती परिवारलाई सुरक्षित स्थानमा लगिसकेका छौं,’ उनले भने, ‘जोखिममा अरू पनि छन् कि भन्ने हेर्दैछौं।’ आंशिक रूपमा मात्रै नदी थुनिएकोले तत्काल हटाउनु नपर्ने उनले बताए।

    ‘जोखिम हुने देखियो भने कटान गरेर पहिरो हटाउँछौं,’ उनले भने। घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेना परिचालन गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार