Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संकटा र बीबीसी तथा थ्रीस्टार र आर्मी भिड्दै


    आइतबार, पुष ११ २०७८
    785
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  

    काठमाडौं। सहिद स्मारक ‘ए’ डिभिजन लिगको छैटौ चरणको तेस्रो दिन दुई खेल आयोजना हुँदैछन् । आइतबार दशरथ रंगशालामा हुने दुईमध्ये एक खेल १ बजे र अर्काे साझ पौने ५ बजे सुरु हुनेछ ।

    पहिलो खेलमा संकटा क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) भिड्नेछन् । जारी लिगमा संकटा ५ खेलमा ९ अंक जोडेर चौंथो स्थानमा  छ । 
    बीबीसी ५ खेलमा ५ अंक जोडेर १० औं स्थानमा छ ।

    छैटौै चरणमा बीबीसीलाई पराजित गर्न सके संकटा शीर्ष तीनमा उक्लने छ । यता, बीबीसी पनि युवा खेलाडीको साथमा संकटालाई रोक्ने योजनामा हुनेछ । 

    दोस्रो खेलमा थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबबीच  प्रतिस्पर्धा हुनेछ । एएफसी छनोटबाट बाहिर रहेको आर्मी थ्रीस्टारलाई हराउँदै लिग उपाधि दाबेदारी यथावत राख्न चाहन्छ । यता, खराब लयमा रहेको थ्रीस्टार सुधारिएको खेल प्रदर्शन गर्ने योजनामा छ । 

    आर्मी ५ खेलमा ९ अंक जोडेर तेस्रो स्थानमा छ । थ्री स्टार ५ खेलमा ६ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

    शनिबार भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै मछिन्द्र क्लब शीर्षस्थानमा उक्लिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार