Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • भारतमा पछिल्लो २४ घण्टामा १५ हजारभन्दा बढी कोरोना संक्रमित


    आइतबार, असार ७ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या तीव्र रुपमा बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा १५ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् ।

    भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ४१३ संक्रमित फेला परेका छन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि चार लाख नाघेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या चार लाख १० हजार ४६१ पुगेको छ ।

    त्यस्तै अहिलेसम्म भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १३ हजार २५४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ३०६ जनाको मृत्यु भएको हो ।

    भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका एक लाख २८ हजार २०५ संक्रमित फेला परेका छन् भने पाँच हजार ९८४ जनाको मृत्यु भइसकेको छ । त्यस्तै तामिलनाडुमा अहिलेसम्म ५६ हजार ८४५ संक्रमित फेला परेका छन् भने ७०४ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा ५६ हजार ७४६ संक्रमित भेटिँदा दुई हजार ११२ को मृत्यु भइसकेको छ । गुजरातमा २६ हजार ६८० संक्रमित फेला परिसकेका छन् भने एक हजार ६३८ जनाको मृत्यु भइसकेको छ ।

    त्यस्तै उत्तर प्रदेशमा अहिलेसम्म १६ हजार ५९४ संक्रमित फेला परेका छन् भने ५०७ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा १३ हजार ५३१ संक्रमित भेटिएका छन् भने ५४० जनाको मृत्यु भइसकेको छ । बिहारमा सात हजार ५३३ संक्रमित फेला परेका छन् भने ५२ जनाको मृत्यु भइसकेको छ ।

    अहिलेसम्म भारतमा दुई लाख २७ हजार ७५६ डिस्चार्ज वा निको भइसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार