Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मलेसियाको बाढीमा ४६ जनाको मृत्यु [अपडेट]


    आइतबार, पुष ११ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । मलेसियामा बाढीबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।

    शनिबारदेखि निरन्तर आएको वर्षापछिको बाढी पहिरोमा केही हराइरहेका छन् । बाढीबाट नदीहरुको बहाव बढेको छ भने राजमार्गका मुख्य सडक अबरुद्ध भएका छन् । बाढीका कारण दशौं हजार मानिस विस्थापित भएका छन् ।

    बाढीबाट देशकै ठूलो जनसंख्या भएको सेलानगोर प्रदेश नराम्रोसँग प्रभावित छ । प्रदेश राजधानी शाह अलमका बाढीबाट प्रभावित मानिसहरु घरमै बिचल्लीमा परेको प्राप्त विवरणहरुमा जनाइएको छ । उनीहरुलाई डुंगाबाट उद्दार गरिएको थियो ।

    बाढीका कारण पाँच जना हराइरहेको ५५ हजार मानिस विस्थापित भएको प्रहरीले जनाएको छ । दक्षिण पूर्वी एशियाली देश मलेसियामा नोभेम्बरदेखि जनवरीसम्म वर्षा मौसममा हरेक वर्ष जाने बाढी पहिरोमा ठूलो जनधनको क्षति हुने गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार