Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाँदर झुलाकावासी पीडा: जमिन छ, अधिकार छैन


    आइतबार, पुष ११ २०७८
    755
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • चितवन । चितवनको माडी नगरपालिका–९ जंगलको बीचमा पर्ने बाँदर झुलाकावासीको जमिन छ, अधिकार छैन। उनीहरूले लालपुर्जाको माग गरेको वर्षौं बितिसक्यो। तर, समस्या भने ज्यूकात्यूँ छ ।

    जब निर्वाचन आउँछ तब बाँदरझुलाको समस्या राजनीतिक दलको एजेन्डाको प्राथमिकतामा पर्छ  ‘लालपूर्जा’। यहाँ करिब ७ सयभन्दा बढी मतदाता छन्। दलहरूले आश्वासन दिन्छन्। तर, निर्वाचन सकिएसँगै एजेन्डा पनि ओझेलमा पर्दै जान्छ।

    २०५५ सालदेखिको लालपूर्जा पाउने आश्वासन अझै पूरा नभएको बताउँछन्, बाँदरझुला संघर्ष समितिका पूर्वसंयोजक राजकुमार प्रजा। ‘सरकारले बजेट दिन्छ, उसैको निकायले रोक्छ। हाम्रो भोट वैधानिक हुने, हाम्रै भोटले सत्ता बन्ने, नेता बन्ने तर ठाउँ भने अवैधानिक ?,’ उनले भने, ‘लालपुर्जाको रंग कस्तो हुन्छ हामीले देख्न पाएका छैनौं।’

    संघीय निर्वाचनमा पार्टी एकीकरणको नारा बोकेर नेकपा माओवदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगै एमाले अध्यक्ष केपी शर्मा ओली पनि माडी पुगेका थिए। दुवै नेताले एउटै मञ्चबाट बाँदरझुलावासीको समस्या समाधान गर्ने प्रतिवद्धता जनाए। तर, त्यसपछि बनेको नेकपाको २ तिहाइको सरकारले  ३ वर्षसम्म कुनै सम्बोधनसमेत नगरेको स्थानीयहरू बताउँछन्।

    पटक–पटक माडी पुगेका दाहाल एक महिनाअघि बाँदरझुला पुगेर समस्याप्रति आफू चिन्तित भएको बताए। तर, उनीहरूका लागि निकुञ्ज ऐन बाधक बन्दा चुपचाप लाग्ने गरेका छन्। यो ठाउँ क्षेत्र नम्बर ३ मा पर्छ। 

    यहाँबाट संघीय सांसद  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुन्। ओलीले दाहालसँगको दूरीपछि माडीलाई रामको जन्मभूमिको नाराले उचाले। त्यसपछि बाँदरझुलालाई हनुमानझुलाका रूपमा प्रचार गर्न खोजिएको छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार