Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्व इतिहासमा आजः विनाशकारी सुनामीदेखि माओको जन्मदिन


    आइतबार, पुष ११ २०७८
    310
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । आज २६ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । पस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

    विनाशकारी सुनामी

    सन् २००४ मा इन्डोनेसियामा शक्तिशाली भूकम्पछि आएको विनाशकारी सुनामीबाट इन्डोनेसिया, भारत, मलेसिया, श्रीलंका र थाइल्यान्डमा ठूलो क्षति भएको थियो । ९ दशमलब १ रेक्टर स्केलको भूकम्पपछिको सुनामीलाई आधुनिक इतिहासकै सबैभन्दा ठूलो विपद् मानिन्छ ।

    मेन अफ दी इयर

    सन् १९८२ मा अमेरिकाको प्रसिद्ध टाइम म्यागेजिनले पर्सनल कम्प्युटरलाई मेन अफ दी इयर घोषित गरेको थियो । कुनै पनि घटना चाहे ती सकरात्मक हुन वा नकरात्मक, त्यसले समाजमा पार्ने असरलाई आधार मानेर टाइम म्यागेजिनले सन् १९२७ देखि मेन अफ दी इयर घोषणा गर्न थालेको थियो ।

    अमेरिकामा सांस्कृतिक बिदा

    सन् १९६६ मा पहिलो पटक अमेरिकामा रहेका अफ्रिकी डायसपोराले एक साता लामो सास्कृतिक पर्व कावान्जा मनाइएको थियो । अफ्रिकी संस्कृतिको अध्ययन गर्ने प्राध्यापक तथा अश्वेत आन्दोलनका अग्रणी  मौलाना कारेन्गाको अगुवाइमा सो पर्वमा बिदा दिन थालिएको थियो ।  यो पर्व हरेक वर्षको २६ डिसेम्बरदेखि १ जनवरीसम्म मनाइन्छ र सातै दिन अफ्रिकी समुदायलाई सार्वजनिक बिदा दिइन्छ ।

    माओको जन्म दिन

    आजकै दिन अर्थात सन् १८९३ को २६ अक्टोबरमा चिनियाँ कम्युनिस्ट नेता माओ जेदोङको जन्म भएको थियो । जनगणतन्त्र चीनका अध्यक्ष रहेका जेदोङ चीनको चर्चित सांस्कृतिक क्रान्तिका अगुवासमेत हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार