Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चिसोबाट बालबालिकालाई कसरी जोगाउने ? 


    शनिबार, पुष १० २०७८
    560
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • डा. रविन्द्र पाण्डे

    मौसम निकै चिसो छ, प्रदुषण निकै बढेको छ, यो अवस्थामा बालबालिकालाई बिभिन्न स्वास्थ्य समस्या देखा पर्नसक्छन्, रुघाखोकी लाग्ने, सास फेर्न गाह्रो हुने, टन्सिल बढ्ने, ज्वरो आउने, वान्ता हुने, पखाला लाग्ने आदि ।

    पहिले निमोनिया तथा दमको समस्या भएका बालबालिकालाई झनै गाह्रो हुन्छ, कहिलेकाँही एक्कासी सास फेर्न गाह्रो हुने, कोखा हान्ने, घ्यारघ्यार हुने, ओंठ, जिब्रो र औंला निलो हुने आदि  । यस्ता लक्षण देखिएमा तुरुन्त अस्पतालको इमर्जेन्सीमा लैजानुपर्दछ, कुर्नुहुँदैन, अस्पतालमा अक्सिजन, बाफ, नशाबाट औषधि आदि दिंदा छिटो निको हुन्छ, आफैंले औषधि किनेर समय र स्वास्थ्य नष्ट गर्नुहुँदैन ।

    बालबालिकालाई दिउँसो घाममा राख्ने, बिहानदेखि रातिसम्म मनतातो झोल पदार्थ खुवाइरहने, न्यानो कपडा लगाइदिने, कान, घाँटी तथा छाती र हातखुट्टामा न्यानो कपडा लगाइदिने, फ्लु तथा निमोनियाको खोप लगाउने, ज्वानो, अदुवा, बेसार, तुलसी, कागतीपानी पकाएर पटकपटक खुवाउने, सन्तुलित आहार खुवाउने तथा घाम नलागेको बेला न्यानो ब्ल्यांकेट वा सिरकभित्र राख्नुपर्दछ । 
    । 
    बच्चा सुत्ने कोठामा झ्यालढोका बन्द गरेर कोइला बालेर सुत्नुहुँदैन, रातो भएको कोइला वा हिटरले न्यानो बनाउने तर सुत्नेबेला ती कोइला कोठाबाहिर राख्नुपर्दछ ्र कोठाको भेन्टिलेसन अलिअलि सधै कायम गर्नुपर्दछ, प्रोटिन तथा भिटामिन सी भएका खाना खुवाउनुपर्दछ ।

    अलिअलि लक्षण देख्नासाथ नजिकको चिकित्सकलाई भेटेर स्वास्थ्य परीक्षण गराउने तथा उहाँले दिएका औषधि नियमले खुवाउँदा आकस्मिक अवस्थाको सामना गर्नुपर्ने अवस्था नगण्य हुन्छ, तापक्रम, श्वासप्रश्वास तथा अक्सिजनको मात्रा नियमित नाप्नु राम्रो हुन्छ, यस्तो बेला धामीझाँक्री, जान्ने, हेर्नेजस्ता कुराको पछि लाग्नुहुँदैन, जति धेरै सुविधा छ, त्यस्तो स्वास्थ्य संस्थामा उपचार गराउनु बुद्धिमानी हुन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार