Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • महालक्ष्मी नगरपालिकामा ५० शय्याको क्वारेन्टिन


    आइतबार, असार ७ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ललितपुर । महालक्ष्मी नगरपालिकाले ५० शय्याको क्वारेन्टिन निर्माण गरेको छ । सरकारले हाल धमाधम विदेशबाट आफ्ना नागरिक ल्याउने क्रम बढेसँगै महालक्ष्मीले क्वारेन्टिन तयार गरेको हो ।

    वडा नं ५ टीकाथलीमा २०, ६ सिद्धिपुरमा २० र ७ चाँगाथलीमा १० शय्याको क्वारेन्टिन नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले बाँकी रहेका अन्य सात वडामा पनि कम्तीमा १०–१० शय्याको आवासगृह निर्माण गर्ने तयारी गरिरहेका छौँ ।”

    यही असार ४ गते टीकाथली बस्ने स्थायी ठेगाना चितवन जिल्ला रत्ननगर घर भएका ५० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै उहाँकी श्रीमतीको कोरोना परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आइसकेको श्रेष्ठले जानकारी दिनुभयो । महालक्ष्मीले ती पुरुषसँग नजीक भएका हरेक मानिसलाई कन्ट्रयाक ट्रेसिङ गरी १४ दिन सुरक्षित रूपमा घरमा बस्न आग्रह गरिसकेको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार