Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनजस्तै धातु देखिएपछि सो क्षेत्रलाई सुरक्षित गरियो


    आइतबार, असार ७ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सांकेतिक तस्विर

    चितवन । कालिका नगरपालिका–१ डेरी चोकमा बोरिङ खन्दै गरेको ठाउँमा बालुवामा सुनको जस्तो कण देखिएपछि स्थानीय प्रशासनले सो क्षेत्रमा भइरहेको काम रोकेर सुरक्षित गरेको छ ।

    जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहितको टोलीले सो ठाउँको स्थलगत निरीक्षण गरेको छ ।

    प्रजिअ भट्टराईका अनुसार बोरिङ खन्दा आएको बालुवामा सिसा बनाउन प्रयोग हुने धातु सिलिका जस्तो पहँेला कणहरू देखिएका छन् । हाल एक सय ६० फिट तल बोरिङ खन्दै गर्दा बालुवामा पहँेला कणहरू देखिएका हुन् । उहाँले काम रोकेर ठाउँ सुरक्षित गर्न भनिएको जानकारी दिनुभयो । प्रशासनले यस विषयमा गृहमन्त्रालयमा पत्राचार गरेको छ । थप अध्ययनपछि के हो भन्न सकिने प्रजिअ भट्टराईको भनाइ छ ।

    कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठका अनुसार नगरपालिकाको अनुदानमा स्थानीय टोलले बोरिङ खन्दै गर्दा सुन जस्ता पहँेला वस्तु देखिएपछि स्थानीयवासीले आफूलाई खबर गरेको बताउनुभयो । आफूले जिल्ला समन्वय प्रमुख र प्रजिअलाई खबर गरेको श्रेष्ठले जानकारी दिनुभयो ।

    कालिका नगरपालिका–१ मा स्थानीयवासी सन्तवीर स्याङताङको जग्गामा डिप बोरिङ खन्ने क्रममा निस्किएको बालुवामा सुन जस्तै देखिने कण निस्किएको हो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार