Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शितलहरमा दलित विपन्नलाई पुवारको भर


    शनिबार, पुष १० २०७८
    850
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सप्तरी । एक सातायता तराईमा बढेको शितलहरबाट जोगिन यहाँका दलित र विपन्न परिवार पुवार (परालको माथिल्लो भाग)को भर पर्दै आएका छन्। डस्ना र सिरक किन्ने हैसियत नभएका परिवार जाडो छल्न पुवारको ओछ्यान बनाएर सुत्दै आएका छन् । 

    विष्णुर गाउँपालिका–६ की ६० वर्षीया किसनी देवी सदाका अनुसार सिंगो बस्ती नै जाडोबाट जोगिन यस्तै गरिरहेको छ । उनले भनिन्, ‘ओढ्ने जे जे ओढे पनि ओछ्यान भने पुवार नै प्रयोग भइरहेको छ ।’ 

    स्थानीय ५० वर्षीय कारो सदा पनि जाडो महिनाभर यसरी नै बित्ने गरेको बताउँछिन् । ‘हामी जस्ता दलित विपन्नलाई जाडो छल्न कहिलेकाही संघसंस्थाहरूले ओढ्ने  वितरण गरेर सहयोग गरे पनि ओछ्याउने कसैले दिदैनन् । केटाकेटीदेखि बुढाबुढी सबै यसरी नै सुत्छौं ।’ 

    बिहानदेखि बेलुकासम्म चिसो हावा चल्ने, मुटु काम्ने जाडोबाट जोगिन पुस्तौ पुस्तादेखि पुवार प्रयोग गर्दै आएको सोही वडाका वडा अध्यक्ष बहादुर सदाले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार