काठमाडौं । गण्डकी प्रदेशमा आज थप १६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी जनाएको छ ।
थपिएका संक्रमितहरु बाग्लुङका ९ जना, म्याग्दीका ४ जना, पर्वतका २ जनार तनहुँका १ जना गरि जम्मा १६ जना रहेका छन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ५०४ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीका प्रबक्ता डा. विनोद बिन्दु शर्माले बताउनु भएको छ ।
