फाइल तस्विर
काठमाडौं । बिहीबार राति होम क्वारेन्टिनमा मृत्यु भएका गुल्मीका छत्रकोट गाउँपालिका –५ मैनडाँडाका ६९ वर्षीय पुरुषको स्वाब परीक्षणको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।
गत जेठ २५ गते भारतको मुम्बईबाट घर फर्केका उनको आरडिटी गर्दा रिपोर्ट पोजेटिभ आएपछि होम क्वारेन्टिनमा बस्दै आएका थिए ।
क्वारेन्टिनमा मृत्यु भएपछि उनको स्वाब निकालेर परीक्षणका लागि शुक्रबार लुम्बिनी प्रादेशिक अस्पताल भैरहवा पठाइएको थियो ।
लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको स्वाब परीक्षणमा मृतकको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीका सूुचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।
योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २३ पुगेको छ । यद्यपी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको औपचारिक पुष्टि गरेको छ ।
यसअघि मदाने गाउँपालिका वडा नं ६, पुर्कोटदहका ४१ वर्षीय शिक्षकको रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको थियो भने अर्का धुर्कोट गाउँपालिकाका ३६ वर्षीय पुरुषको तम्घासको आइसोलेसनमा उपचारको क्रममा मृत्यु भएको हो ।