Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मृत भेटिएका एसएसपी यादवका परिवारलाई भेट्न पुगे गृहमन्त्री खाण


    शुक्रबार, पुष ९ २०७८
    740
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  गृहमन्त्री बालकृष्ण खाणले  मृत अवस्थामा फेला परेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादवका परिवारसँग भेट गरेका छन् । 

    शुक्रबार साँझ घटनास्थलमा पुगेर गृहमन्त्री खाणले एसएसपी यादवका परिवारसँग भेट गरेर घटनाबारे जानकारी लिएका हुन् ।

    एसएसपी यादव संघीय इकाइ प्रहरी कार्यालय भैरहवाको निवासमै बिहान ११ बजेतिर झुण्डिएको अवस्थामा फेला परेका थिए ।

    गृहमन्त्री खाणले उनको मृत्युको कारण खोज्न प्रहरीलाई निर्देशनसमेत दिएका छन् । प्रहरी प्रवक्ता वसन्त कुँवरले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार