Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अछाममा १४ हजार १८ जना बालबालिकाले लगाए मोर्डना खोप


    शुक्रबार, पुष ९ २०७८
    520
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • अछाम।अछाममा १४ हजार १८ बालबालिकाले कोरोनाविरुद्धको मोर्डना खोप लगाएका छन् । स्वास्थ्य कार्यालयका अछामका अनुसार जिल्लाका १० वटै पालिकाका १४ हजार १८ जनाले खोप लगाएका हुन् । सबैभन्दा धेरै पञ्चदेवल नगरपालिकामा १ हजार ५ सय ७७ जना महिला र १ हजार ४ सय १ जना पुरुष गरी २ हजार ९ सय ७८ जनाले खोप लगाएका छन् ।

    रामारोशन गाउँपालिकामा १ हजार ६७ जना महिला र ९ सय ४१ जना पुरुष गरी २ हजार ८ जना, चौरपाटी गाउँपालिकामा ९ सय ३३ जना महिला र ८ सय ७ जना पुरुष गरी १ हजार ६ सय ४० जना, कमलबजार नगरपालिकामा ७ सय ४१ जना महिला र ६ सय  ४२ पुरुष गरी १ हजार तीन सय ८३ जना, मेल्लेख गाउँपालिका ६ सय २७ जना महिला र ५ सय ९७ जना पुरुष गरी १२ सय २४ जना र तृर्माखाद गाउँपालिकामा ६ सय ७ जना महिला र ४ सय ६४ जना पुरुष गरी १ हजार ७१ जना बालबालिकालाई खोप लगाइएको छ । 

    साँफेबगर नगरपालिकामा ५ सय ४२ जना महिला र ४ सय ९ जना पुरुष गरी ९ सय ५१ जना, बान्नीगढी जयगढ गाउँपालिकामा ३ सय ९८ जना महिला र ३ सय ३३ जना पुरुष गरी ७ सय ३१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। 

    मंगलसैन नगरपालिकामा ३ सय ४२ जना महिला र ४ सय ९ जना पुरुष गरी ९ सय ५१ जना, ढकारी गाउँपालिकामा ४ सय २२ जना महिला र ३ सय ७८ जना पुरुष गरी ८ सय जना बालबालिकालाई कोरोनाविरुद्धको मोर्डना खोप लगाइएको छ । खोप अभियान ११ गते सम्म चल्ने जिल्ला स्वास्थ्य कार्यालय अछामका तथ्याङ्क अधिकृत एवं सूचना अधिकारी शम्भु नारायण पन्तले जानकारी दिए । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार