Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • जगदुल्ला जलविद्युत्‌को टेष्ट अडिट टनेलको काम पुसमा सक्ने: आयाेजना


    शुक्रबार, पुष ९ २०७८
    705
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जाजरकोट । स्वदेशी लगानीमा निर्माण कार्य सुरु गर्न लागिएको जगदुल्ला जलविद्युत् आयोजना १०६ मेगावाटको ट्रस्ट अडिट टनेलको काम पुस मसान्तसम्ममा सम्पन्न हुने आयोजनाले जनाएको छ । 

    आयोजनाको विद्युत् उत्पादन  गृहमा थप भौगर्भिक अध्ययन कार्यको लागि निर्माण गरिरहेको टेष्ट अडिट टनेलको प्रगति ८० प्रतिशत सम्पन्न गरिसकेको योजनाका निमित्त कार्यकारी प्रमुख सञ्जय सापकोटाले बताए । 

    कुल ४०० मिटर लम्बाइ रहेको नमुना परीक्षण सुरुङमा ३२० मिटर खन्ने काम  सम्पन्न भएको छ । जाजरकोट-डोल्पा ( भेरी करिडोर ) सडकखण्डअन्तर्गत जोडिएको त्रिवेणीदेखि जगदुल्ला गाउँपालिका-१ र २ मा पर्ने काइगाउँ ४५ किलोमिटर सडक खण्डलाई  ६ महिनाभित्र सडक निर्माण गर्ने लक्ष्य रहेको आयोजनाका निमित्त कार्यकारी प्रमुख सञ्जय सापकोटाले बताए ।

    आयोजना निर्माण स्थलमा रहेको २६० रोपनी जग्गा अधिग्रहण गरी मुआब्जासमेत वितरण भइसकेको छ । विस्तृत परियोजना प्रतिवेदन ( डीपीआर)को कामसमेत सम्पन्न भएको छ । आयोजना निर्माणका लागि २० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको  सापकोटाले बताए । 

    आयोजनाको वातावरणीय अध्ययन कार्यको प्रतिवेदन वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत गरि त्यसको सार्वजनिक सुनवाइ बाधस्थल (जगदुल्ला गाउपलिका–४ माझगाउ), सुक्खा तटीयक्षेत्र (मुड्केचुला गाउँपालिका–६ नर्कु) र विद्युत् गृहस्थल (मुड्केचुला गाउँपालिका–४ ईल) मा पौष २,४ र ६ सार्वजानिक सुनुवाइ गरिसकेको छ । आयोजनाको वातावणीय अध्ययनको मस्यौदा प्रतिवेदन माघ महिना भित्र पेस गरी चैतभित्र वातावणीय अध्ययनको अन्तिम प्रतिवेदन स्वीकृत गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ । 

    आयोजनाको विद्युत् उत्पादन गृह इलमा अहिले टेष्ट अडिट टनेलको काम र कार्यालय तथा आवास व्यवस्थापन लागि दुइवटा भवन निर्माण गरिएका छन । विद्युत खरिद बिक्री तथा सम्झौताको कामका लागि आवश्यक सहकार्य काम जारी छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार