Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रदेश १ का मन्त्रीको गुनासो: संघीय सरकारको हेपाइमा परियो


    शुक्रबार, पुष ९ २०७८
    520
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले संघीय सरकारको हेपाहामा प्रदेश सरकार परेको बताएका छन् ।

    अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले विराटनगरमा गरेको मानवअधिकार वर्ष पुस्तकको समीक्षा कार्यक्रममा बोल्दै मन्त्री कार्कीले माथिल्लो सरकारले तल्ला सरकारलाई हेप्ने गरेका कारण गति लिन नसकेको बताएका हुन् । 

    उनले भएको कुरासमेत नदिने दिनै परे पनि ‘पखपख हेरहेर’ गरेर रोकेको आरोपसमेत लगाए । संघीय सरकारले अधिकार नदिँदा काम गर्न समस्या भएको उनको भनाइ छ । तल्ला तहका सरकारलाई अधिकार दिनबाट वञ्चित गर्ने खेलमा प्रदेश सरकार लागेको उनको आरोप रहेको छ । 
    संघीय सरकारले धेरै कानुन नबनाउँदा प्रदेश सरकारले गति लिन नसकेको उनी बताउँछन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजय भोगेपछि मन्त्री कार्की देउवाप्रति खनिएका थिए । उनले केपी ओली नेतृत्व सरकारकै शैलीमा शेरबहादुर देउवा नेतृत्वको सरकार लागेको समेत बताए । 

    मानव अधिकार उल्लघनका घट्नामा न्यूनीकरणका लागि राज्य मात्रै नभई जनतासमेत सचेत हुनुपर्ने उनको भनाइ रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार