Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माधव नेपाल पनि एमसीसी पास गर्ने पक्षमा, भने- अध्ययन गरेर मात्र पारित गर्नुपर्छ


    शुक्रबार, पुष ९ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले ध्ययन गरेर मात्र एमसीसी सदनबाट पारित गराउने प्रक्रियाअगाडि बढाउनु पर्ने बताएका छन् ।

    सल्यानमा अगुवा कार्यक्रता भेलालाई सम्बोध गर्न पुगेका अध्यक्ष नेपालले शुक्रबार पत्रकारसँग भेटघाटमा आर्थिक सहयोग मात्र भए एमसीसी पास पास गर्नुपर्ने र अन्यथा पारित गर्न नहुने बताए । 

    ‘एमसीसीसम्बन्धी वास्तविकता के छ त्यो बुझ्छौं र जनताको चाहना के छ त्यो बुझ्छौं । त्यसपछि मात्र प्रक्रिया अगाडि बढाउँछौं ,’ उनले भने ‘अमेरिकाले उपलब्ध गराउने आर्थिक सहयोग नि:स्वार्थ हो भने हामी स्वीकार्छौं । सबै कुराको सुनिश्चित छैन तथा स्वार्थगत छ भने हामी कदापी स्वीकार्दैनौं।’

    एमसीसी पास गर्ने अधिकार जनतामा रहेको त्यो विषयमा जनतामा लैजानु पर्ने अध्यक्ष नेपालले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार