काठमाडौं ।मेगा बैंकले अत्याधुनिक मोबाइल बैंकिङ सुविधा ल्याएको छ ।
मेगा बैंक नेपाल लिमिटेडले डिजिटल बैंकिङ्ग प्रयोगकर्ताहरुको सुविधालाइ मध्यनजर गर्दै ओम्नी च्यानल प्रणाली (ओम्नी च्यानल सिष्टम) मा आधारित डिजिटल बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।
बैंकले सम्पूर्ण डिजिटल बैंकिङ्ग सेवाहरु मोबाइल बैंकिङ्ग एप ‘मेगा स्मार्ट बैंकिङ’ वा वेब https://bankxp.megabank.com.np/को माध्यमबाट समेत प्रयोग गर्न मिल्ने जानकारी गराएको छ । डिजिटल बैंकिङ सेवालाई अझ सरल, सुरक्षित तथा उत्कृष्ट बनाउँदै बैंकमा खाता भएका एवं नभएका ग्राहकहरुलाई समेत लक्षित गर्दै बिना चेक नगद निकाल्न÷पठाउन मोवाइल क्यास , रकम जम्मा गर्न मोवाइल भौचर लगायतका सुबिधा समेत थप गरेको छ । साथै, बैंकले समानरुपमा डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले मेगा स्मार्ट बैंकिङ्ग मोबाइल एपको पनि स्तरोन्नति गरेको छ ।
m voucher को प्रयोग गरी मोबाइलबाटै डिपोजिट भौचर भर्न सकिने, मोवाइल क्यासको माध्यमबाट प्रयोगकर्ताहरुले एसएमएसमा कोड पठाएर तुरुन्तै नगद भुक्तानी दिन तथा लिन सकिने, मोबाइलबाटै बैंकका कर्मचारीहरुसँग भेट्ने समय सुनिश्चित गर्न सकिने, त्तच् कोडको माध्यमबाट नगद निकाल्न सकिने तथा अन्य धेरै नयाँ विशेषताहरु रहेको बैंकका डिजिटल तथा ई–बैंकिङ प्रमुख विश्व सिंहले जानकारी दिएका छन् ।