काठमाडौं । एनएमए, नेपालको बजारीकरण संघ एउटा गैर–मुनाफा संस्थाकोरुपमा दर्ता भएको छ । जसको मुख्य उद्देश्य भनेको उत्कृष्ट कार्य गर्न देशभरि रहेको बजारीकरण पेशेवरहरुको एउटै आवाज सृजना गर्नु भएको संघले जनाएको छ ।
प्रारम्भिक रुपमा यो संघ बजारीकरण पेशेवर र शिक्षविद्हरुद्वारा गठन गरिएको हो । काठमाडौंको होटेल सोल्टीमा गरिएको एनएमएको औपचारिक लन्च कार्यक्रममा यसका अन्तरिम बोर्डका ४–सदस्य– कान्तिपुर मिडिया ग्रुपका ब्न्ः महेश्वरलाई अध्यक्ष, त्रि.वि.का सह–प्राध्यापक डा. गोपाल थापालाई महासचिव, सह–प्राध्यापक सुशिल अवालेलाई सचिव र गोल्छा ग्रुपका ब्न्ः मार्केटिङ, पुनम सिंहलाई कोषाध्यक्षकोरुपमा घोषणा गरिएको थियो ।
बोर्डका अन्य सदस्यहरुमा अभय गोर्खाली, सुमन शाक्य, श्रृजना जोशी महर्जन, सत्यन्द्र उप्रेति र सुरेन्द्र थापा छन् ।
सोही कार्यक्रममा एनएमएद्वारा डा। तुल्सी धरेललाई एनएमएको गठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएकोमा सम्माननीय सदस्यकोरुपमा अभिनन्दन गरियो ।
यसका साथै ३ अन्य सदस्यहरु, डा. बगला बस्नेत – त्रि।वि।का दिग्गज शिक्षाविद्, रविन्द्र मान श्रेष्ठ – मायोज नुडल्सका पूर्व जिएम र रवी के.सी.– सूर्य नेपालका उप–सभापतिलाई मार्केटिङमा उहाँहरुको उत्कृष्ट कार्यको लागि सम्मानस्वरुप पहिचान गरियो ।
बजारीकरण पेशेवरहरुलाई उनीहरुको कार्य प्रति सहयोग गर्न उनीहरुको व्यक्तिगत र पेशागत जीवन उत्तम बनाउन र नैतिक मुद्दा र सामान्य बजारीकरण कार्यहरु समावेश गर्न प्रवद्र्धन गर्नको लागि एनएमएले शिक्षामा बढी जोड दिने लक्ष्य राखेको छ ।