Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • दुवै मिर्गौला फेल भएकी बालिकालाई ‘क्षेत्रीडाँडो फेसबुक ग्रुप’को सहयोग


    शुक्रबार, पुष ९ २०७८
    685
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • खोटाङ । खोटाङका युवाले सञ्चालन गरेको ‘क्षेत्रीडाँडो फेसबुक ग्रुप’ले दुवै मिर्गौला फेल भएकी बालिकालाई उपचार खर्च प्रदान गरेको छ ।

    जन्तेढुंगा गाउँपालिका-५ चिसापानी घर भई हाल इटहरी बस्दै आएका युवा उमेश कोइरालाले सञ्चालनमा ल्याएको फेसबुक ग्रुपमार्फत खोटेहाङ गाउँपालिका-४ बड्कादियालेकी १४ वर्षीय कविता विश्वकर्मालाई १० हजार सहयोग जुटाइएको हो ।

    दुवै मिर्गौला फेल भएपछि हाल त्रिभुवन शिक्षण अस्पताल काठमाडाैंमा उपचाररत विश्वकर्माको उपचारमा सहयोग पुर्‍याउने लक्ष्यका साथ फेसबुक ग्रुपमार्फत सहयोग जुटाएर हस्तान्तरण गरिएको ‘क्षेत्रीडाँडो फेसबुक ग्रुप’का एड्मिन कोइरालाले जानकारी दिए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार